आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउन जेठ ३२ सम्म लम्बियाे, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित
813
SHARES

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै भने, जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिनेछ । साथै दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गरिने सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ

यसैबीच पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १६ देखि ६० वर्षका उमेरका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् । कपिलवस्तुकै विजयनगरका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु २६ देखि ५२ वर्षका छन् । सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४० वर्षका छन् । सिराहाका ११ र सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनुषाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ४२ वर्षका छन् । रौतहटका ६ र महात्तरीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् । दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । बगलाचुलीका २७ देखि ३८ वर्षका ४ जना र हापुरेका ३० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

संखुवासभामा दुई जना संक्रमित भेटिएका छन् । खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै झापाका ४५ वर्षीय पुरुष र ललिपतुरकी २३ वर्षीय महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया