आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनमा समेत चन्दा उठाएपछि क्रान्तिकारीले २ नेतालाई गर्यो कारवाही

प्रकाशित
857
SHARES

गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले आफ्नो पार्टीको गुल्मी जिल्लामा कार्यरत दुइ जना बिद्यार्थी नेताहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ ।

उनीहरुले जिल्लाका केहि व्यापारीहरुसँग कोरोना पिडितलाई राहात वितरण गर्ने भन्दै चन्दा उठाएपछि कारबाही गरेको जनाएको छ । देश लकडाउनमा भएका बेला चन्दा उठाएर राहात वितरण गर्ने पार्टीको कुनै योजना नभएको भन्दै क्रान्तिकारीले संगठनको नीति बिपरित काम गरेकाले कारबाही गरेको बताएको छ ।

संगठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै उनीहरुलाई कारवाही गरेका हुन् ।  बिज्ञप्तिमा त्याग, संघर्ष, बलिदान र विजयको रक्तरन्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित आफ्नो गौरवशाली संगठनको बद्नाम गर्ने गरि उनीहरुले अनैतिक गतिबिधि गरेपछि कारवाही गरिएको बताइएको छ ।

बिग्पतिमा भनिएको छ । “अहिले देशमा कोभिड-१९को महामारीले आम विद्यार्थीहरु शिक्षा लिनबाट बन्चित छन भने सरकारले पनि यसमा कुनै तदारुकता देखाएको छैन उल्टै राष्ट्रिय स्वाधीनता माथी आच आउने खालको क्रियाकलाप गर्नमा व्यस्त छ। यस्तो बेलामा पनि जिल्लाका विभिन्न व्यापारी, शैक्षिक संस्था, कर्मचारी, ठेकेदारसँग राहत वितरण गर्ने भन्दै अनाधिकृत रुपमा चन्दा मागी आफ्नो दैनिकी चलाइरहेकाले आजको मितिदेखि हाम्रो संगठनका जिल्ला सचिव विष्णु बहादुर वि.क. र जिल्ला सदस्य राज खड्कालाई हाम्रो संगठनको नीति विपरीत आर्थिक अरजकता मच्चाएकोले सधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको कुरा आम जनसमुदायमा जानकारी गराउछौ।”

सत्तारुढ पार्टीकै मान्छेहरुले समेत कोरोना पिडितहरुलाई राहत वितरण गर्ने भन्दै विभिन्न व्यापारीहरुसँग चन्दा मागेर जिबिको चलाईरहेको कुरा बाहिर आएका बेला क्रान्तिकारी पार्टीका रुपमा स्थापित बिद्रोही नेकपाकै बिद्यार्थी नेताहरुले समेत त्यस्तै धन्दा गर्न थालेपछि जनतामा समेत पार्टी र संगठनका प्रति गलत संदेश जाने भन्दै उनीहरुलाई कारबाही गरिएको खत्रीले संचार केन्द्रलाई बताएका छन् ।

प्रतिक्रिया