आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज रातिदेखि लागु हुने गरी सरकारले फेरी गर्यो यस्तो कडा निर्णय

प्रकाशित
10K
SHARES

काठमाडौँ । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना कोभिड-१९ पुष्टि भएको छ । विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना संक्रमितको संख्या नेपालमा पनि ह्वात्तै बढेपछि सरकारले आज रातिबाट लागु हुने गरि फेरी कडा निर्णय गरेको छ।  जिल्ला प्रशासन कार्यालय बाँकेले आज बुधबार राति १० बजेदेखि अनिश्चितकालसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प हुने जनाइएको छ । मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्वाङ बाँके पुगेसँगै निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो । बुधबार राति १० बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुरुवांङ्गले जानकारी दिए ।

‘बुधबार १० बजेदेखि अर्को आदेश नआउँदासम्म राजपत्रमा उल्लेख गरिएका आवश्यक सेवाहरु भोजनालय, औषधि पसल, फलफूल, तरकारी, खाद्यन्न पसल, अस्पताल, स्वास्थयकेन्द्र, ढुवानी, छापाखाना, बैंक, सुरक्षा, पेट्रोलिय पदार्थ, खानेपानी, फोहोरमैला संकलन, विद्युत, कृषि, पशुजन्य काम तथा वर्कशपजस्ता अत्यावश्यक सेवाहरु बाहेकका अन्य सेवा/स्थलहरु अर्को आदेश नभइन्जेलका लागि बन्द हुनेछन्,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । यसअघि बाँकेमा वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । जिल्लामा अहिलेसम्म १७० जनाका कोरोना संक्रमण देखिएको छ ।

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।
बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए । नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।

बाराका ७ पालिकामा कोरोना, सञ्‍चारकर्मीदेखि सैनिकसम्म

बाराको १६ वटा पालिकामध्ये ७ वटामा कोरोना संक्रमण फैलिइको छ । ती पालिकाहरु कतिपय भारतीय सीमासित जोडिएका छन् । जितपुरसिमरा उपमहागरपालिकामा पहिलोपटक वैशाख १४ गते कोरोना संक्रमण देखिएको थियो । एक महिनाको अवधिमा विश्रामपुर, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका प्रभावित भइसकेका छन् ।

कलैयाकाका स्थानीयमा संक्रमण नभए पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतसहित जवानमा संक्रमण पुष्टि भएको छ । यस्तै स्रिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिकामा संक्रमण देखिएको छ । पचरौता नगरपालिकामा बुधबार एक स्वास्थ्यकर्मीसहित ८ जनामा संक्रमण पुष्टि भयो ।

भारतीय सीमासित जोडिएका पचरौता नगरपालिका–१ पिपरपाती गाउँको उच्च माविमा रहेको क्वारेन्टाइनका ७ जना र एक जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । नगरपालिकाका-१ का २ जना, २ का ३ जना, ५ का १ जना र वडा ७ का १ जना युवकहरु संक्रमति भएका छन् । सबै युवक भारतको महाराष्ट्र, दिल्लीलगायतका ठाउँबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अर्का संक्रमित रौतहटको माधवनारायण पालिकाअन्तर्गत मिठुआवा गाउँ घर भई बाराको पचरौता नगरपालिकामा कार्यरत ४१ वर्षीय अहेब हुन् ।

क्वारेन्टाइनमा रहेका १ सय ३० जनामध्ये ५८ जनाको स्वाब जेठ ७ गते क्वारेन्टाइनमै संकलन गरी काठमाडौंको राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । तीमध्ये बुधबार मंगलबार ५ जना र बुधबार ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर यादवले बताए ।

मंगलबार सोही नगरपालिकाको क्वारेन्टाइनमा खटिएका जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय २ जना सैनिक जवानसहति अन्य ३ जना संक्रमित भएका हुन् । क्वारेन्टाइनमा रहेका सोही नगरपालिकाको १ र २ पचरौता गाउँका ३ युवक संक्रमित भएका हुन् । संक्रमित तीनै युवक भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

जिल्लामा कुल संक्रमितको संख्या ५४ जना पुगेको छ । २ जना उपचारपछि घर फर्किसकेका छन् भने एक ७० वर्षीय वृद्धको मत्यु भइसकेको छ । संक्रमितमध्ये प्रहरी ७ जना, सैनिक २ जना, एक जना स्वास्थ्यकर्मी र एक जना रेडियोकर्मीसमेत छन् । सबै संक्रमितलाई कलैया अस्पतालको आइसोलेसनमा वार्डमा राखिएको छ । संक्रमित हुनेमा १४ वर्षदेखि ७० वर्षसम्मका छन् ।

प्रतिक्रिया