आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बर्दियाबाट आयो निक्कै दुखद खबर, क्वारेन्टाइनमा बसेको ९ घण्टा नबित्दै एक व्यक्तिको मृत्यु

प्रकाशित
1.4K
SHARES

काठमाडौं । बर्दियामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनी मंगलबार राति ११ बजे अछामबाट गुलरिया आएका थिए ।

नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार उनी छोरासँगै अछामबाट मजदुरी गरी फर्किएका थिए । अछामबाट आएका उनीसहित १३ जना व्यक्तिहरु गुलरिया–४ स्थित बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका थिए । झण्डै सात घण्टा क्वारेन्टाइनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा नै मृत्यु भएका नगरप्रमुख यादवले बताए ।

नगरप्रमुख यादवले भने, ‘उनी दमका रोगी थिए । अछामबाट डोटीसम्म पैदल आएका रहेछन् । डोटीबाट भने गाडी चढेर गुलरिया आइपुगेका थिए । बिहान अचानक स्वाश्प्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भयो ।’ कोरोना परीक्षणका लागि उनको स्वाब संकल कार्य भइसकेको उनले बताए । उनको मृत्युपछि बबई क्याम्पस सिल गरिएको छ ।

बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएकामध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया