आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

प्रकाशित
717
SHARES

काठमाडौं । मकवानपुरको हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । ५ महिनाकी गर्भवती उनी हेटौंडा अस्पतालमा गर्भजाँच गर्न जाँदा चितवनबाट आएको खुलेपछि उनको कोरोना परीक्षणको लागि नमूना संकलन गरेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालमा कोरोना परीक्षण गरिएको थियो ।

सोही परीक्षणको क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आजै प्रदेश ३ को कोरोना विशेष अस्पताल चितवन रेफर गरिएको पनि उपाध्यायले जानकारी दिए ।

गर्भजाँच गराउन अस्पतालमा पुग्दा चितवनबाट जेठ ९ गते आएको खुलेपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनका परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ । यता भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थायी ठेगाना भएका सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० का २ जना पुरुष मा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बाग्लुङ्गकै तमनखोला गाउँपालिका घर भएका र सोही स्थानको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा लगिने डा शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन्।

प्रतिक्रिया