आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुकुम घटना सामुहिक ह’त्याका’ण्ड हो- दलित सशक्तिकरण बिकास केन्द्र

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । जेठ १० गते पश्चिम रुकुमको चोरझारी नगरपालिका ८ सोति निवासी सुष्मा मल्ल र भेरिगगां नगरपालिका ४ रानागाउ जाजरकोटका नवराज बिकको लामो समयको प्रेम सम्बन्धपछि प्रेमिका कै सहमतिमा विबाहका लागि साथिहरुसहित केटी लिन जाँदा भएको सांघातिक आ’क्र’म’ण’लाई दलित सशक्तिकारण बिकास केन्द्रले सामुहिक ह’त्या’का’ण्ड’को संज्ञा दिएको छ ।

केटी पक्षका मान्छेहरुले केटा पक्षका मान्छेहरुलाई जातिया विभेद गर्दै लखेटी लखेटी नि’र्ममता पुर्बक गरिएको उक्त सामुहिक ह’त्या’का’ण्डलाई कुनै पनि हालतमा छुट दिन नसकिने घ’ट’ना भन्दै केन्द्रले दलित युवाहरुको हत्या गरि स’व भेरी नदीमा बगाउने क्रुर मल्ल समुदायका मान्छेहरुको खोजि खोजि प’क्रा’उ गर्न र तत्काल का’र’वाही गर्न माग समेत गरेको छ ।

आफ्नो संस्थाको तर्फबाट त्यस्तो अ’मा’न’वीय ह’त्या’का’ण्डको घोर घोर भत्सर्ना गर्दै दोसी उपर तत्काल कारबाही अगाडी बढाउन सरकारसँग माग गरेको हो । कथित उच्च जातिय अहंकारबाट प्रेरित बि’भ’त्स घ’ट’नामा परि मा’रि’एका नवराज बिक, टिकाराम सुनार, र गणेश बुढा मगरलगायतका परिवारलाई उचित क्षेतिपूर्ति दिन तथा अझै बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पार्न समेत केन्द्रले माग गरेको छ ।

यस्तै उक्त अपराधीक घ’ट’नामा परि घा’इते भएकाहरुको उपचारको व्यवस्था गरि पिडित परिवारलाई न्याय दिलाउन सम्पूर्ण सरोकारवाला निकायसँग माग गर्दै केन्द्रले उच्च स्तरीय छानबीन समिति गठन गरेर स्थलगत अनुसन्धान गर्न सरकारसँग जोडदार माग गरेको छ । यस्तै घ’ट’ना’लाई राजनीति आवरणमा लुकाउन सक्ने वा मुद्दा कमजोर बनाउन सक्ने भन्दै सबै सरोकारवाला निकायलाई सचेत रहन समेत अनुरोध गरेको छ ।

साथै केन्द्रले यस घ’ट’नाले ब’र्ब’र युगको झझल्को दिएको भन्दै यसले सङघिय लोकतान्तिक गणतान्त्रामक राज्यको ठाडै खिल्लि उडाएको समेत जनाएको छ । कानुनि रुपमा जातिय छुवाछुतलाई बर्जित गरिएको मुलुकमा दलित स्वतन्त्रता र मुक्तिको सवाल अझै पेचिलो बन्दै गइरहेको तर्फसबैलाई सचेत गराएको छ ।

यस्ता घ’ट’ना दोहोरिन नदिने भन्दै बिभेद निर्मुल पार्न राज्यले कडा नीति लिनुपर्ने र त्यसको लागी सम्पुर्ण सचेत नागरिकहरु, दलित नेता तथा अगुवाहरु सामाजिक अभियान्ताहरु एकजुट भई समानता, न्याय र सामाजिक रुपान्तरणका लागी संघर्ष गर्न समेत माग गरेको छ।

प्रतिक्रिया