आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मंगलवार एकै दिन थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

प्रकाशित
848
SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु महोत्तरी मनरा गाउँपालिका १० का ३० र ३५ वर्षका पुरुष रहेका छन् ।

यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुुइजना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका १ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीनजना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् । यस्तै रौतहट गौर नागरपालिकाका ८ जना व्यक्तिहरु ४ देखि ४० वर्ष भित्रका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एकजना महिला छन्।

यस्तै रौतहटकै देवाही गुनाइ नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर भित्रका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै रौतहटकै राजदेवि नगरपालिकाका २२ वर्षीया पुरुष, रौतहटकै गरुणा नगरपालिकाका एकजना २४ वर्षीया पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एकजना १८ वर्षीय पुरुष रहेका छन् । यस्तै सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन् । यस्तै धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तु मायादेवि ७ का दुुइजना २२ र ५० वर्षीया पुरुष, अर्घाखाँची कमलामाविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एकजना २२ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोथ अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुईजना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।

प्रतिक्रिया