आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुकुममा मल्लहरुले लखेट्दा बे’प’त्ता भएका ३ को श’व भेटियो, वडाध्यक्षसहित १२ पक्राउ

प्रकाशित
0.9K
SHARES

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झ’ड’पमा परी बे’प’त्ता ३ युवाको श’व फेला परेको छ । बेपत्ता ४ युवाको अवस्था भने अझै अ’ज्ञा’त रहेको छ ।

प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झ’ड’प हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका १ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको श’व फेला परेको छ ।

सुनार र विकको श’व आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बे’प’त्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको श’व परिवारले बुझ्न मानेका छैनन् ।

प्रतिक्रिया