आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमित नै भाग्न थालेपछि निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

प्रकाशित
0.9K
SHARES

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले थप कडा कदम चाल्ने निर्णय गरेको छ । भएपछि सरकारले कोरोना भाइरस -कोभिड-१९ संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।

‘विरामीमा यहाँ -नेपालगञ्ज) ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको हो’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । मन्त्रालयले आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३ र काठमाडौंका १ जनामा संक्रमण देखिएको बताए ।

त्यसैगरी नुवाकोटका १, रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

यस्तै कोभिड -१९ पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवसहित एक सय बढी कर्मचारीको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिने भएको छ।

ती चिकित्सक रिपोर्ट आउनु अघिल्लो दिन मन्त्रालयको हेल्थ इमर्जेन्सीको बैठकमा उपस्थित भएका कारण मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, सचिव यादव कोइरालासहित एक सय बढी कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । संक्रमित चिकित्सक कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तु गएका थिए।

मन्त्रालयका कर्मचारी महाशाखा प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालय आउजाउ गरेका सबै कर्मचारीको परीक्षण गर्ने तयारी गरिएको छ । उनले भने ‘एक सयभन्दा बढीको परीक्षण गरिन्छ होला ।’ चिकित्सकहरूका अनुसार संक्रमितसँग सम्पर्कमा आउनासाथ स्वाब झिकेर परीक्षण गर्दा गलत रिपोर्ट पनि आउन सक्छ ।

सोही कारण संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको एक सातामा स्वाब झिक्दा गलत रिपोर्ट आउने सम्भावना कम हुन्छ । ती चिकित्सकको प्राइमरी कन्ट्याकमा आएका मन्त्रालयका कर्मचारीहरू होम क्वारेण्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया