आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्वयम्भुका असई कार्की मृ’त फेला, टाउकोमा गो’ली हानेको भेटियो

प्रकाशित
893
SHARES

काठमाडौं । महानगरीय प्रहरी प्रभाग स्वयम्भुका एक जना असई मृ’त फेला परेका छन् । उनि आइतबार बिहान सुतेकै ठाउँमा मृ’त भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । तर समाचार भने ड्युटीमा खटिएकै अवस्थामा प्रहरी माथी गो’लि प्र’हार भएको भनेर बाहिरिएको छ ।

डिउटीमा खटिएका असईको टाउकोमा गो’ली प्रहार भएको हो वा उनि सुतिरहेकै ठाउँमा मृ’त भेटिएका हुन् भन्ने बिषयमा यो समाचार तयार पार्दासम्म स्वतन्त्र पुष्टी हुन् सकेको छैन । प्रहरी स्रोतका अनुसार मृ’त भेटिएका असई महेश कार्कीको टाउकोमा गो’ली लागेको देखिएको छ । उनको टाउकोमा कसले गो’लि प्र’हार गरेको पहिचान हुन सकेको छैन ।

असई कार्कीको टाउकोबाट गिदि निस्किएको छ । उनी सुतिरहेको स्थानमा उनको टाउकोमा गो’ली लागेको हो वा कुर्सीमा बसेको अवस्थामा कसैले गो’ली हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी परिसर टेकुले भने घटनाको अवस्था हेर्दा भने उनी आफैँले गो’ली हानेर आ’त्म’ह’त्या गरेको अनुमान गरेको छ ।

प्रतिक्रिया