आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मध्यराति थप ७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५ सय ९१ पुग्यो

प्रकाशित
666
SHARES

काठमाडौं । नेपालमा आज शनिबार एकैदिन ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । शनिबार राति थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसअघि मध्याह्न ३२ जना र दिउँसो ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११२ पुगेको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा पनि एक/एक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।उता सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १-१ जना रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन् । देशभर ४५ हजार ९५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया