आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसले खाडी मुलुकमा ८०८ को मृत्यु, १ लाख ७१ हजारभन्दा बढी संक्रमित

प्रकाशित
508
SHARES

काठमाडौं । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ८०८ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार २७४ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३६४ जनाको मृत्यु भएको छ । त्यहाँ ६७ हजार ७१९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २४१ जनाको मृत्यु भएको छ भने २७ हजार ८९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १३८ जनाको मृत्यु भएको छ भने १९ हजार ५६४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ७९४ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १९ जनाको मृत्यु भएको छ भने ४० हजार ८९१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ४१४ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

यसैबीच विश्वभर २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५२ लाख ९७ हजार ६२६ मध्ये २१ लाख ५० हजार ३३२ जना संक्रमण मुक्त भएका हुन् ।

बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ । एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ । १८ लाख ६८ हजार १६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६७४ जनाको मृत्यु भएको छ । ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ५०१ जनाको मृत्यु भएको छ । ५ लाख ७८ हजार १२५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार २०४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२२ जनाको मृत्यु भएको छ । ८ हजार ७०३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६४० जनामध्ये ३ लाख ९७ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया