आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्चको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

प्रकाशित
640
SHARES

काठमाडौं । नेपालको सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीशको नाम लेखाउन सफल सुशीला सिंहको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो । उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् । उनलाई शिलु भनेर पनि चिनिन्छा ।

नेपालको पहिलो महिला न्यायाधिश मात्र नभएर सुशीला सिंह निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा चिनिएकी थिइन्। उनले बार एसोसोएन तथा न्यायिक समितिमा पनि काम गरेकी थिइन् । उनि संग संगत गरेका बरिष्ठ अधिबक्ताहरुले उनलाई निष्ठावान महिला न्यायाधिश भनेर चिन्छन। महिलाहरुको कानुनी सहायता परियोजनामा पनि शुशिलाको उल्लेखनीय योगदान रहेको छ ।

काठमाडौंको पकनाजोलमा घर भएकी शुशिलाका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् । उनीहरु सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।

कोरोना महामारीका कारण उनको अन्त्यष्टिमा उनका साथीभाई र सहकर्मीहरु सबै दाहासस्कारमा जान पाउने छैनन । सामाजिक दुरी कायम गरेर उनका परिवारका थोरै सदस्यहरुले उनको अन्तिम सस्कार गर्नेछन् ।

प्रतिक्रिया