आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनको बेला पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना

प्रकाशित
863
SHARES

काठमाडौँ । लकडाउनको बेला अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठुलो बिमान दुर्घटना भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको द डन न्युज टिभीले जनाएको छ ।

विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ । कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।

यसअघि, सन् २०१६ मा पाआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले जयान गुमाएका थिए । त्यस्तै सन् २०१२ मा भोजा एयरको बोइङ विमान रावलपिन्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ चालकदलका सदस्यले ज्यान गुमाएका थिए । सन् २०१० मा एयरब्लु एयरलाइनसको विमान इस्लामावादमा दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो ।

यस्तै पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५० हजार ६९४ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ६०३ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमितमध्येका १ हजार ६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा बिहीबार मात्र ५० जना संक्रमितको ज्यान गएको छ ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् । संक्रमितहरुमध्ये १५ हजार २०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३४ हजार ३२६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।

प्रतिक्रिया