आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुरक्षाकर्मीमा संक्रमण देखिएपछि काठमाडाैंस्थित नेपाल प्रहरीका यी ६ इकाइ सिल

प्रकाशित
0.9K
SHARES

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार सई र जवानमा संक्रमण देखिएको हो । उनले दिएको जानकारी अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ । संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल बल्बुमा उपचारका लागि भर्ना गरिएको छ ।

संक्रमितहरुबाट चार दिन अघि स्वाब लिइएको थियो । दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए । ब्यारेकमा सुत्ने कोठासँगै खाना खाने मेस पनि सामूहिकहुने गर्दछ । सैबीच लमजुङका ३ वर्षीय एक बालकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । उनी हाल काठमाडौं बस्दै आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणले पारेको प्रभाव र संक्रमण भएका व्यक्तिबारे जानकारी दिने क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि तीव्र खोजी भएको थियो । कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको जानकारी आएको उनले बताए । परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।

प्रजिअ खड्काले लमजुङका ती बालक हाल काठमाडौं महानगरपालिका वडा नं. १६, वनस्थली बस्दै आएको बताए । बालकको परिवार कहिलेदेखि काठमाडौं बस्दै आएको भन्ने नखुले पनि पछिल्लो समय लमजुङ नआएको बुझिएको बताए ।

प्रतिक्रिया