आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ताे आयो रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको काेराेना रिपोर्ट

प्रकाशित
0.9K
SHARES

रोल्पा । जिल्ला अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो। रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो।

दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ। टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो। अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए।

हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । उनीहरु ३ देखि ४८ उमेरका छन्। जसमा १८ पुरुष र ७ महिला छन् ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

त्यसैगरी बाँकेमा ६ पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएको छ ।

प्रतिक्रिया