आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसले फैलायो कोरोनाबाट नेपालमा तीन जनाको मृत्यु भएको हल्ला ? यस्तो छ वास्तविकता, बिज्ञप्तिसहित

प्रकाशित
1.9K
SHARES

काठमाडाैं । बुधाबर बिहानै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको भन्दै समाचार भाइरल बन्यो। उक्त खबर प्रदेश ५ का एक मन्त्रीले फैलाएको बुझिएको छ ।  तर अस्पतालले उक्त खबर झुटो भएको भन्दै अर्को बिज्ञप्ति निकालेको छ ।कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो । अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ । ‘विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ उनले भने ।

नेपालमा अहिलेसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी एक २९ बर्षिया महिला र बाँकेका २५ बर्षिय पुरुष रहेका छन् । यसैबीच मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।कपिलवस्तुको विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘उहाँको रिपोर्ट आउनु अघिल्लो दिन हामी एचईओसीको एउटै बैठकमा थियौँ । अब हामी पनि परीक्षणमा सहभागी हुनुपर्ने अवस्था आयो,’ एचईओसीमा कार्यरत एक जना स्वास्थ्यकर्मीले भने, ‘उहाँसँग प्रत्यक्ष सम्पर्कमा आएका धेरै पो छौं त ।’

एचईओसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुने गरेका छन् । मन्त्रालयको कोरोना नियन्त्रणसम्बन्धी सम्पूर्ण गतिविधि एचईओसीबाट नै चल्ने गर्छ । मन्त्रालयको वेबसाइटमा हुने तथ्यांक अपडेट गर्ने कर्मचारी र डब्लुएचओको प्रतिनिधिसमेत त्यहाँ कार्यरत छन् ।

उता रामेछापका कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति हाल काठमाडौंमा रहेको पाइएको छ । खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए र, कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार अहिले संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ । परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । उनीहरुको रिपोर्ट आएपछि थप केही भन्न सकिएला’ प्रजिअ शर्माले बताइन् ।

प्रतिक्रिया