आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसदमा गगन थापाले प्रधानमन्त्रीलाई सोधे- आशाले जित्ला कि आशंकाले ?

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । मंगलबार सरकारको नीति तथा कार्यक्रममा उठेका प्रशनको जवाफ दिन संसदमा मन्तब्य दिएर सांसदहरुका थप प्रश्न सुन्न बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसका सांसद गगन थापाले हालै सरकारले लिम्पियाधुरा, कालिपाली र लिपुलेक समेटेर ल्याएको नक्साका बारेमा जनातमा दुई थरि छलफल चलेको भन्दै रमाइलो प्रश्न गरेका छन् ।

थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने “अहिले कहिले सरकारले जारी गरेको नक्सा भुमि फिर्ता लिन नभई नक्सा जारी गरेर आफ्नो गलत कामको ढाकछोप मात्र गर्न खोजेको भनेका छन् भने अर्को थरीले यसलाई दिर्घकालिन रुपमा भुमि नै फिर्ता लिने कदमको रुपमा लिएर आशा पनि गरेका छन् ।” थापाले जनतामा रहेको यो आशा र शंकाको जवाफ माग्दै नक्सा जारी गरेर राष्टवाद देखाएर आफ्ना गलत कर्तुत लुकाउने योजना हुनसक्छ भन्ने आशंकाले जित्ला कि भारतले लुटेको नेपालको भुमि फिर्ता लिन दिर्घकालिन कदम चालेको होला भन्ने आशाले जित्ला भनेर रमाइलो प्रश्न गरेका छन् ।

यस्तै संसदमा अधिकांस संसदहरुले सरकारले कोरोना प्रभावितहरुको राहातका लागि उचित ब्यबस्था गर्न नसकेको, जनआन्दोलन र जनयुद्धका घाइतेहरुको भरण पोषणबारे नीति तथा कार्यक्रमा केहि बिषय नसमेटीएको जस्ता महत्वका प्रश्नहरु पनि गरेका छन् । यस्तै सांसदहरुले लकडाउनका कारण मजदुरी गरेर खानेहरुले भोकै मर्नु भन्दा आफूखुसी मर्नु ठिक भनेर आत्महत्यासम्म गर्न थालेको भन्दै सरकारले जनतालाई स्पष्टरुपमा जनताको साथमा सरकार छ भने अनुभुति दिलाउन नसकेको असन्तुष्टि पनि पोखेका छन् ।

अधिकांस सांसदले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै हालै सरकारले जारी गरेको नक्सा कागजमा सिमित हुन् नहुने भन्दै त्यसलाई कार्वान्यन गर्नेतर्फ सरकार जान्छ कि जादैन भन्ने आशंका गरेका छन् । सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले कसले के बोल्यो र कसले के लेख्यो भन्ने तिर आफु नलाग्ने र देशका हितमा आफुले नक्सा पारित गरिसकेपछि त्यसलाई कार्वान्यनमै लैजाने ठोकुवा गरेका छन् ।

प्रतिक्रिया