आज : गते

ताजा शिर्षकहरु

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, जसरी पनि फिर्ता लिन्छौं- प्रधानमन्त्री ओली

प्रकाशित
1.1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो बताएका हुन् प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएकोभन्दै यसलाई जसरी पनि फिर्ता लिने बताए ।

भारतले नेपाली भूमि प्रयोग गरेर विवादको भूमि बनाएको बताउँदै प्रधानमन्त्रीले यो नेपाली भूमि यो भूमिका विषयमा कुनै विवाद नभएको बताए । प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदेबाट हिजो हामीले नयाँ नक्सा जारी गरेका छौं । २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने कामहरु भएका थिए । त्यसपछि तिरो उठाउन जान नदिनेजस्ता काम भयो । १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यभन्दा पश्चिमतर्फ जान बन्द गरियो । त्यसबेलाका शासकहरुले सहेर बसे । तर अब लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं । हामी छाड्नेवाला छैनौं । हामीले कोही रिसाउँछ कि भनेर कुनै कदम चालेका हैनौं ।’

‘जसरी हामीले नीति कार्यक्रममा प्रस्तुत गरेको थियौ, त्यो काम हामीले गरेका छौं । देखाउनका लागि तथाकथित राष्ट्रवादको कुरा नेपालको नक्साका विषयमा होइन । यो कुनै तमासा गरिएको होइन, यो यथार्थमा फिर्ता लिन गरिएको हो,’ प्रधानमन्त्रीले भने ।

सरकारले सार्वजनिक गरेको नक्साका बारेमा सदनमा जानकारी गराउँदै प्रधानमन्त्रीले भने, ‘संविधानको अनूसुची–३ मा रहेको नेपालको प्रतिक चिन्ह संशोधन गर्न संविधान संसोधन प्रस्ताव पेस हुनेछ ।

अरु विषयमा पनि संसोधनका विषयमा भोलि छलफल गर्नसकिन्छ तर अहिले भूमि फिर्तासँग सम्बन्धित तत्कालको महत्वको विषय भएका कारण यहि अधिवेशनमा संविधान संसोधनको प्रस्ताव आउनेछ । मैले विश्वास लिएको छु । संसदले पारित गर्नेछ ।

प्रतिक्रिया