आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा आजै थपिए २७ जना नयाँ कोरोना संक्रमित, काठमाडौँसहित यी ठाउँमा फैलियो संक्रमण

प्रकाशित
1.2K
SHARES

काठमाडौं । काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार संक्रमित रहेको जिल्ला ३६ पुगेको छ ।

यसघि सोमबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। जसमा रौतहटको इशनाथ नगरपालिका २, ३, ६ र ९ नम्बर वडाका ७ जना पुरुष र जिल्लाकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिला छन् । यस्तै बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैबीच कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए । आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो ।

विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् । संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अतिआवश्यकबाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

यस्तै सोमबार नै बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बाँकेसँगै मोरङ, गुल्मी, रौतहट, दाङमा थपिएका थिए । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीया पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ४ सय २६ जना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ । डा देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६९ हजार ५ सय ६० जनाको परीक्षण भएको छ भने गत २४ घण्टामा १ हजार ७ सय ९१ वटा नमूना परीक्षण भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया