आज : गते

ताजा शिर्षकहरु

कोरोनाको संकट सामाधानका लागि एकतावद्ध प्रयास गरौं: मुख्यमन्त्री शाही

प्रकाशित
1K
SHARES

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको संकट सामाधानका लागि एकतावद्ध प्रयास आवश्यक भएको बताएका छन् । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका सामु अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले बताए ।

विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाविरुद्ध सरकार सबै शक्तिका साथ लडिरहेको बताउँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।

अत्यावश्यक सामाग्रीको आपुर्ती वाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको बताउँदै मुख्यमन्त्री शाहीले भने-”अहिले हामीले निकै नै संकटपूर्ण अवस्था भोगिरहेका छौं, संकट व्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सवै नागरिकको कर्तव्य हो ।”

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेटको तयारी गरिरहेको बताउँदै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्वन्धमा नीजि क्षेत्रको सुझाव दिन आग्रह गरे ।

कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शी रुपमा आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्ने सोचमा सरकार रहेको शाहीले बताउँदै उद्योग वाणिज्य संघका प्रतिनिधिसंग मुख्यमन्त्री शाहीले भने, ”अहिलेको संकटले नीजि क्षेत्रलाई पारेको असर सम्वोधन कसरी गर्न सकिन्छ ? तपाईँहरुको सुझाव सरकारलाई चाहिएको छ ।”

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रलाई पनि सँगै लिने बताए ।

प्रतिक्रिया