आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोदीलाई काउन्टर दिदै ओली सरकारले बल्ल सार्वजनिक गर्यो लिम्पियाधुरासहितको नेपालको नक्सा, नेपालीहरु दंग

प्रकाशित
2.1K
SHARES

काठमाडौं । देशभर भारतले नेपालको भूभाग कब्जा गरेर सडक उद्घाटन गरेको बिषयमा आन्दोलन चलिरहेका बेला सोमबार बसेको मन्त्री परिसद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकले नयाँ नक्सा पारित गरेको बताएका छन्।

आजको मन्त्रीपरिसद बैठकले पास गरेको नक्सामा उत्तरी पूर्व र पश्चिमी भागहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटिएको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी सार्बजनिक गरिनेछ । नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । यो नक्सा बमोजिम नै निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने र नक्सा अध्यावधिक हुने सञ्चार मन्त्रीको भनाई छ।

भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्‍यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ । भारतले नेपालीभूमि मिचेर सडक बनाएपछि सरकारलाई नक्सा सार्वजनिक गर्न चौतर्फी दवाव बढेको थियो ।

अघिल्लो पटक नेपाल सरकारले भारतसँग वार्ता गर्न चाहे पनि उसले टरेको थिएन । अब भने नेपालले आफ्नो गुमेको भुमिसहितको नक्सा सार्बजनिक गरेपछि उसलाई वारताका लागि दबाव पर्नेछ । नेपाल सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि छलफल गर्ने भन्दै टार्दै गइरहेको थियो । जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले प्रस्ताव लगेको थियो ।

यस्तै आजै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको मिचेको भूभाग फिर्ता गर्न चेतावनी दिदै पत्र लेखेका छन् । विप्लवले भारत सरकारले यस्तै हेपाहा प्रवृति जारी राखे प्रतिरोध गर्ने चेतावनी दिदै गत साता नै बिज्ञप्ति जारी गरिसकेका थिए ।

प्रतिक्रिया