आज : गते

ताजा शिर्षकहरु

प्रतिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी, महेन्द्रराय यादव र राजेन्द्र लिङ्देनले के भने ?

प्रकाशित
644
SHARES

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिधिसभामा सोमाबर छलफल जारी छ । सोहि छलफलका क्रममा  जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले कोरोना संकट समाधानका लागि ठोस कुराहरु नआएको बताएका छन् । प्रतितिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा माग दिँदै उनले जनताले विश्वास गर्ने कुनै पनि कुराहरु नीति तथा कार्यक्रममा नरहेको बताए ।

प्रदेशलाई अधिकारबिहीन बनाएको उल्लेख गर्दै उनले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषय नीति कार्यक्रममा कहिकतै उल्लेख नभएको बताए । कोरोना महामारीबाट प्रभावित क्षेत्रमा विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको बताए ।

नेपालको एक इन्च भूमि पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुँदा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उनले बताए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताएका छन् । नेपालमा अहिलेमा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उनले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद भएको बताए ।

आजको संसद बैठकमा बोल्दै लिङदेनले भारतलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको आरोप लगाए ।

नेपाली अतिक्रमित भूमि समेटेर नक्सा सार्जजनिक गर्ने विषयको स्वागत गर्दै उनले आफ्नो देशको नक्सा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भनने पराधिन मानसिकता भएको बताए । सांसद लिङ्देनले २०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गरे ।

अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जान नसकेको उल्लेख गर्दै लिङदेनले बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधालाई बजेटमा समावेश गर्न आग्रह गरे ।

प्रतिक्रिया