आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

प्रकाशित
753
SHARES

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका ८ जना र बाराका एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा रौतहटको इशनाथ नगरपालिका २, ३, ६ र ९ नम्बर वडाका ७ जना पुरुष र जिल्लाकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिला छन् । यस्तै बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

यसैबीच कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए ।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।

संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अतिआवश्यकबाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

सोमबारबाट संक्रमित भेटिएपछि स्थानीय प्रशासनले सम्भावित सं‌क्रमितको खोजी सुरु गरेको छ । आइतबार धनकुटामा नर्सलाई नै कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको बजार क्षेत्र सिल गरिएको छ ।

स्थानीय प्रशासनले धनकुटा नगरपालिका-७ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क-जिरो प्वाइन्ट-परिचय मोड-यलम्बर चोक-सिनेमा हल-याक्चाना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरी सिल गरेको हो ।

प्रतिक्रिया