आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मध्यरातमा सारा नेपालीलाई स्तब्ध बनाउने खबर, रसाए सबैका आँखा, हार्दिक श्रद्धाञ्जली सावित्री !

प्रकाशित
2.8K
SHARES

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिला सावित्री तिमिलसेना रहेकी छिन् ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । उनलाई सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।

शव लैजान प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्‌सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीसहित पठाइएको सुरक्षा निकाय स्रोतले जनाएको छ ।

‘सेनाको टोलीले काभ्रेबाट सद्‍गत गर्न काठमाडौं हिँडाइसक्यो,’ अस्पताल स्रोतले भन्यो । उनको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गर्न लागिएको हो । काभ्रेमा शववाहन नपाएपछि काठमाडौंबाट लगिएको थियो ।

‘कोरोनाकै कारण मृत्यु भएकोले सेनाले स्कर्टिङ गरेको छ । सदगत गर्न आउने टोलीमा ५ जना छन्,’ काभ्रेका एक सुरक्षा अधिकारीले भने, ‘सद्गत गर्ने एकजनालाई पनि पीपीई पठाएका छौं ।’ मृतकका श्रीमान्‌लाई छुट्टै गाडीमा पठाइएको ती सुरक्षा अधिकारीले बताए ।

यसरी गरिन्छ अन्त्येष्टि
कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यविधि बनाएको छ । त्यसअनुसार नै मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको छ । सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो, जसमा उनका श्रीमान थिए । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो ।

मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ । कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ । मृतकका आफन्तले शव छुन समेत पाउँदैनन् । आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइनेछ भने आफ्नो परम्पराअनुसार शवलार्ए नछोई जल छर्कने,पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइनेछ ।

प्रतिक्रिया