आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका दुई नयाँ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित हेर्नुहोस् सूची

प्रकाशित
1.4K
SHARES

काठमाडौं । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि व्याप्त छ । नेपालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा जम्मा संक्रमितको संख्या २७८ पुगेको छ ।

आज काभ्रेपलाञ्चोकका २६ वर्षीय पुरुष र सिरहाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका २७ वटा जिल्लमा कोरोना भाइरसको संक्रमण फैलिएको हो । हालसम्म कर्णालीबाहेक सबै प्रदेशमा कोरोना फैलिएको छ । नेपालमा केहि दिनअघि विदेशबाट स्वास्थ्य सामाग्री ल्याएपछि परीक्षणको दायरा बढाइएको छ ।

यसरी दायरा बढाईदै लैजाँदा संक्रमित तीव्र गतिमा बढीरहेका छन् । हिजो शुक्रवार बिहान ९ र बेलुका ९ गरी एकैदिन १८ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये ३६ जना निको भएका छन् । उनीहरुमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् । प्रदेश नम्बर १ मा ३६ जना, प्रदेश २ मा १०९ जना, वाग्मती प्रदेश १६ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १०९ जना, सुदूरपश्चिमप्रदेशमा ५ जना गरी कुल २ सय ७८ जना संक्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म २७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जस अनुसार पर्सा-९१ रुपन्देही-२८ उदयपुर-३३ कपिलवस्तु-४२ बाँके-३३ काठमाडौं-९ धादिङ-१ कैलाली-४ बारा-३ धनुषा-४ रौतहट-३ बाग्लुङ-२
चितवन-३ झापा-२ रहेका छन् ।

यस्तै महोत्तरी-३ भक्तपुर-२ बर्दिया-२ भोजपुर-१ कञ्चनपुर-१ नवलपरासी (पश्चिम)-१ सप्तरी-१ सर्लाही-२ पूर्वी नवलपरासी-१ मकवानपुर-१ दाङ-३ सिरहा-१ काभ्रेपलाञ्चोक-१ यसैबीच कोरोनाको महामारीबाट विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ८ हजार ९८५ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख ४७ हजार ९६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १७ लाख ७० हजार ९९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ९६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यस्तै नेपालमा कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २७८ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

प्रतिक्रिया