आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाबारे थप अनुसन्धान जारी- स्वास्थ्य मन्त्रालय

प्रकाशित
658
SHARES

काठमाडौँ । धुलिखेल अस्पतालमा बिहीबार बेलुकी मृत्यु भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएकाे हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै प्रवक्ता डाक्टर देवकोटाले ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको र उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्युभएको बताए ।

डा देवकोटाले ती महिला सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको बैशाख २४ गते नर्मल डेरीभरी भएको थियो । ती महिला बैशाख २५ गते टिचिङबाट डिस्चार्ज भएकी थिइन् । ‘ती सुत्केरी महिलाको के कारणले मृत्यु भएको हो भन्नेबारे हामी थप विवरणहरु संकलन र अनुसन्धानहरु गर्दैछौँ, यसबारे थाहा भएपछि हामी फेरि जानकारी गराउनेछौँ,’ डा. देवकोटाले भने।

‘ज्वरो र श्वासप्रश्वासको समस्या लगायतका शारीरिक समस्या भएपनि उनलाई स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा जानकारी आएको छ,’ प्रवक्ता डाक्टर देवकोटाले भने, ‘उहाँको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पतालमा आउँदै गर्दा मृत्युभएको जानकारी पाएका छौं ।’ डा देवकोटाले उनको कोरोनाको थप परीक्षण भइरहेको र थप परीक्षणको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य मन्त्रालयले जानकारी गराउने बताए ।

‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइ रहेका छौं, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन्,’ डा देवकोटाले भने, ‘ त्यसले गर्दा यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारी रुपमा कोभिड १९ सँगको सम्बन्धको मृत्यु होव वा होइन भन्ने कुरा निर्क्यौल गरेर प्रसारण गर्ने कुरा जानकारी गराउछु ।’

स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको स्रोतले जनाएको छ । पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया