आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु

प्रकाशित
753
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने एक नेताले बताए ।

त्यस्तै गत वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा समत सचिवालय बैठकमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् । यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो भने ३१ गतेका लागि बोलाइएको बैठक सुरुहुनुभन्दा डेढघण्टा अघिमात्र स्थगित भएको थियो । पटक पटक बैठक बोलाउने र स्थगित गर्ने गरिएको भन्दै स्थायी समिति सदस्यहरु असन्तुष्ट हुँदै आएका छन् ।

ओली-प्रचण्डले दुई वर्षअघि २०७५ जेठ ३ गते पार्टी एकीकरण गरे पनि आन्तरिक बिबाब भने अझै कायमै छ । २०७५ जेठ ३ गते पार्टी एकता गर्दा नेताहरूको बाचा थियो– दुई वर्षभित्रमा महाधिवेशन गरिसक्छौं । घोषणा र बाचाअनुसार भएको भए यतिखेर नेकपा नयाँ नेतृत्वसहित पार्टी काममा एकताबद्ध भइसक्नुपथ्र्यो तर अहिले पनि आन्तरिक भागबन्डामा कसको भूमिका के हुने भन्नेमै नेताहरूको ध्याउन्न छ । उदाहरणका रूपमा गत वैशाख २४ र २० गते बसेको सचिवालय बैठकको परिदृश्य मात्रै हेर्दा पनि त्यसभित्रको किचलोबारे धेरै प्रस्ट हुन सकिन्छ ।

२० गते कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा सरकार र पार्टी चलाएको भन्दै आक्रोश पोखेका थिए। प्रचण्डले बैठकमा बसाइको व्यवस्थापनदेखि ओलीपक्षीय नेताहरूका बीचमा भइरहेका गुट–उपगुटसम्मको विषयलाई छलफलको एजेन्डा बनाएका थिए। गत मंसिर ४ मा सरकार पाँचै वर्ष प्रधानमन्त्री ओलीले चलाउने र पार्टीको कार्यकारी जिम्मेवारी प्रचण्डले लिने गरी भएको सहमति महिना दिन नबित्दै निष्क्रिय भयो ।

प्रचण्डसहितको एउटा समूह प्रधानमन्त्री ओलीको कार्यशैली मन नपरेको भन्दै गुट/उपगुटको भेलामा सक्रिय रहेका छन् भने ओलीपक्षीय नेताहरू पनि आफ्ना गुट बलियो बनाउनै व्यस्त छन् ।

प्रतिक्रिया