आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपराष्ट्रपति पुनको कोरोना परीक्षण, रिपोर्ट पोजेटिभ आयो की नेगेटिभ ?

प्रकाशित
1K
SHARES

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबै नतिजा नेगेटिभ आएको हो ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो । यसैबीच काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।

महानगरपालिकाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडीटी र पीसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए/नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो । परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजारभन्दा बढी मानिसको आवतजावत हुन्छ । तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् ।

बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् । सरकारले जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडीटी र जोखिममा रहेका ३० प्रतिशतको पीसीआर परीक्षण गर्ने गरी काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया