आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंमा फेरी ७ वर्षीय बालकसहित तीन जनामा संक्रमण, काे हुन उनीहरू ?

प्रकाशित
658
SHARES

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४९ पुगेको छ । बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनाका कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा संक्रमण देखिएको हो । डा. अधिकारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् भने सबैको अवस्था सामान्य रहेको छ ।

यस्तै उता जिल्लामा एक जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ को सरस्वती मावि नानरा क्‍वारेन्टाइनमा बसेका ५० वर्षका पुरुषको बिहीबार चेक गर्दा आरडीटी रिपोर्ट पोजिटीभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए ।

उनका उनुसार आरडीटी पोजिटिभ देखिएका व्यक्त्ति भारतको पिथौरागढ जिल्लामा मजदुरी गर्दै आएका थिए । पोजिटिभ देखिएका उनी वैशाख १८ गते दार्चुलाको धार्चुलानाकाबाट प्रवेश गरेकाहरुमध्येका हुन् । सोही क्‍वारेन्टाइनमा ७४ जना बसेका छन् । ६८ जनाको बिहीबार जाँच गरेकोमा ६७ को नेगेटिभ आएको र उनको पोजिटिभ आएको जोशीले बताए । उक्त पालिकाभरि ८० जना क्‍वारेन्टाइनमा बसेका छन् ।

पालिकाको एम्बुलेन्समार्फत उनलाई जिल्ला अस्पताल ल्याउने तयारी गरिएको स्वास्थ्य कार्यलायका प्रमुख योगेश भट्टले बताए । शुक्रबार बिहानसम्म उनलाई अस्पताल पुऱ्याएर आइसोलेसनमा राखिने र त्यही एम्बुलेन्समा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाउने उनको भनाइ थियो । जिल्लाभर अहिले १२ सय ७८ जना क्‍वारेन्टाइनमा बसेका छन् ।

यता काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनाको एन्टिबडी पाेजेटिभ देखिएकाे छ । बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पाेजेटिभ देखिएको हो ।

विहीबार ७०० जनाको आरडीटी र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ । ७ सय जनाको आरडीटीबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पाेजेटिभ देखिएकाे काठमाडौं महानगरपालिकाका जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

‘र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) विधिबाट गरिएको परिक्षणमा ४ जनाकाे रिपोर्ट पाेजेटिभ देखियाे’ उनले भने । काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए/नभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो ।

कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी रहेका छन् । कालीमाटी तरकारी तथा फलफूल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गरेको छ। तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउने गरेको उनले बताए ।

प्रतिक्रिया