आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतले डब्ल्यूएचओको मापदण्ड विपरीत काम गर्याे- शंकर पोखरेल

प्रकाशित
2.1K
SHARES

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् ।

बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’

हाल भारतले अलपत्र मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको छ । धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । तर नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउँदै आएको छ ।

सीमा क्षेत्रमा छाडिएका कतिपय श्रमिकहरु सुरक्षाकर्मीको आँखा छलेर रातिको समयमा नेपालमा भित्रिएका छन् । भारतमा लुकिछिपी नेपाल आएका धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणम समुदायमा फैलिइसकेको छ । बिहीबार बिहानसम्म नेपालमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएकाले अहिले धेरै श्रमिकहरु नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । यसैबीच भारतमा रेल सेवा सुरुभएसँगै प्रदेश १ मा २० हजार भित्रने अनुमान गरिएको छ । अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा भित्रिने प्रदेश सरकारले अनुमान गरेको हो ।

रोजगारीका सिलसिलामा भारतको विभिन्न स्थानमा पुगेका मध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की बताउँछन् । ‘२० हजार तत्काल र्फकन्छन भन्ने हाम्रो प्रारम्भिक अनुमान हो,’ उनी भन्छन्, ‘यसरी आउँदा होल्डिङ एरियामा राखेर सम्बन्धित जिल्लामा पठाउँछौं ।’

प्रदेश १ का ३२३ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा ५ हजार ७५७ बेड राखिएको छ । त्यस्तै ५३ स्थानमा ४४९ बेडको आइसोलेशन तयार गरिएको छ । चार स्थानमा ४४ बेडको आईसीयू निर्माण गरिएको छ । भारतमा आंशिक रुपमा रेल सेवा सुरु भएसँगै क्वारेन्टाइन बेडको संख्या थप गर्ने तयारी छ ।

भारतबाट आउनेहरुलाई राख्न जिल्लास्थित सदरमुकाम आसपास क्वारेन्टाइन निर्माण गर्न १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको उनले बताए । ‘सम्बन्धित जिल्लामा आउनसक्ने संख्याको आकलन गरेर क्वारेन्टाइन तयार गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘भारतबाट आएकाहरुलाई सुरुमा नाकामै होल्ड गर्छौं, स्वास्थ्य जाँच पछि सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउछौं ।’

भारतीय सीमा क्षेत्र आसपास निर्माण गरिने होल्डिङ एरिया २ हजार जनासम्म अटाउने गरीको बनाउन लागिएको उनले बताए । खाडी मुलुकबाट र्फकनेलाई पनि व्यवस्थापन गर्न पूर्वतयारी गरिएको उनको भनाइ ५ ।

‘भारतबाट मात्र होइन मलेसिया र अन्य खाडी मुलुकबाट नेपालीहरु आउँछन्,’ उनले भने, ‘प्लेन खुलेपछि आउनेहरुलाई पनि सम्बन्धित क्षेत्रमा राख्ने योजना छ ।’ नाकामा होल्डिङ एरिया निर्माण गर्न सार्वजनिक स्थान तथा शैक्षिक संस्था प्रयोग गरिने उनले बताए ।

प्रतिक्रिया