आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार संक्रमण पुष्टि हुनेहरुमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४ र १० वर्षीया बालिकासहित २८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ तथा पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएको पनि उनले जानकारी दिए ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

यसैबीच कोरोना संक्रमित युवती काम गर्ने ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार हुने गरेको छ । एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

मंगलबार राति कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया (नर्स) युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि उक्त प्रतिष्ठानमा सिल गरिएको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् ।

भक्तपुर मा बस्ने उनको हिजो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका कारण प्रतिष्ठानलाई सिल गरिएको हो ।

प्रतिक्रिया