आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सीमा अति’क्रमण वि’रुद्ध मसाल जुलुस निकाल्ने ७ जना बिद्यार्थी नेता प’क्राउ

प्रकाशित
799
SHARES

काठमाडौं । भारतले नेपालको भुमि प्रयोग गरेर बनाएको बाटो उद्घाटन गरेलगत्तै नेपालमा युवा बिद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । बिद्रोही नेकपा निकट अखिल क्रान्तिकारीलगायत सत्तारुढ दलका बिद्यार्थीहरुले समेत आन्दोलन गरिरहेका छन् ।
यसका साथै प्रतिपक्ष कांग्रेस निकट नेविसंघले पनि सडक तताउन थालेका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेको भन्दै त्यसविरुद्ध मसाल जुलुस निकाल्ने नेविसंघका विद्यार्थी पक्राउ परेका छन्। सोमबार साँझ काठमाडौंको थलीमा मसाल जुलुस निकालेका नेविसंघका ७ नेताहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा विद्यार्थी नेता मनिष सिम्खडा, कान्तिपुर क्याम्पसको स्ववियु सभापति पावल वज्राचार्य, सहिद आदर्श क्याम्पसका स्ववियु सभापति निराजन नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर सदस्य सूर्य केसी छन्।

यसैगरी क्षेत्र नम्बर ५ नेविसंघ सचिव दिपन्कर वज्राचार्य, उज्वल वज्राचार्यसमेत पक्राउ परेको विद्यार्थी नेता सिम्खडाले जानकारी दिए। ‘हामीले थलीमा राँकेजुलुस निकालेका थियौं,’ विद्यार्थी नेता सिम्खडाले भने, ‘प्रहरी आएर हामीलाई पक्रियो।’ हाल उनीहरू सबैलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ। पक्राउ परेका सबै नेविसंघका नेताहरू हुन्।

सोमबार नै प्रहरीले नेविसंघ एकसयभन्दा बढी नेताहरूलाई पक्राउ गरेको नेपाली कांग्रेसले जनाएको छ। उसले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न र सीमा समस्याको तत्काल समाधान खोज्न आग्रह गरेको छ।

भारतले नेपाली भू-भाग हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको विरोधमा युवाहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। सीमा बचाउ अभियानका तर्फबाट भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। साढे १ बजे भएको प्रदर्शनका सबै सहभागीलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै हिजैदेखि विभिन्न पार्टी संघ संस्थाहरुले भारतको कदमका बिरुद्ध बक्तब्य निकाल्दै बिरोध जनाउन थालेका छन् । यता नेपाल सरकारले भने खासै यसबारेमा चासो नै देखाएको छैन । औपचारिकताका लागि बोले जस्तो गरेपनि कडा सब्दमा भारतीय हस्तक्षेपको कडा निन्दा भने गर्न सकेको छैन ।

 

प्रतिक्रिया