आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साइबर ब्यूरोबाट बोलेको भन्दै फोन मार्फत ब्ल्याकमेल, प्रहरीले थाल्यो अनुसन्धान

प्रकाशित
1K
SHARES

काठमाडौं । लकडाउनका बेला विभिन्न प्रकारका साइबर अपराध बढ्न थालेका छन् । सामाजिक संजालहरुलाई दुरुपयोग गरि हुने साइबर अपराधका घटना बढिरहेका बेला फेरी फोन मार्फत ब्याक्मेलिङ्ग गर्ने घटना बाहिर आएको छ । अपरिचित नम्बरबाट सर्वसाधारणलाई फोन गरी साइबर ब्यूरोबाट प्रहरी बोलेको भन्दै ‘ब्ल्याकमेल’ गर्दै आतंक फैलाउने काम भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

‘म साइबर क्राइमबाट प्रहरी बोलेको। साइबर सेक्युरिटीबाट कल गर्दैछौं,’ भन्दै अपरिचत नम्बरबाट सर्वसाधारण फोन गर्दै ब्ल्याकमेल गर्न थालेको पाइएपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए।

यसैगरि फोन गर्दै अश्लील फोटो, भिडियो पठाउन लगाई ब्ल्याकमेल गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, चरित्र हत्या गर्ने किसिमका गतिविधि हुने गरेको पाएपछि अनुसन्धान सुरु गरिएको अर्यालको भनाइ छ।

यसरी फोन, इमेललगायत कुनै पनि माध्यमबाट प्रहरी भन्दै विभिन्न गोप्य सूचना माग भएमा वा अश्लील फोटा, भिडियो माग गरेमा प्रहरीमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

यस्तै प्रहरीले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेको भन्दै त्यसविरुद्ध मसाल जुलुस निकाल्ने नेविसंघका विद्यार्थी पक्राउ गरेको छ। सोमबार साँझ काठमाडौंको थलीमा मसाल जुलुस निकालेका नेविसंघका ७ नेताहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा विद्यार्थी नेता मनिष सिम्खडा, कान्तिपुर क्याम्पसको स्ववियु सभापति पावल वज्राचार्य, सहिद आदर्श क्याम्पसका स्ववियु सभापति निराजन नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर सदस्य सूर्य केसी छन्। यसैगरी क्षेत्र नम्बर ५ नेविसंघ सचिव दिपन्कर वज्राचार्य, उज्वल वज्राचार्यसमेत पक्राउ परेको विद्यार्थी नेता सिम्खडाले जानकारी दिए।

‘हामीले थलीमा राँकेजुलुस निकालेका थियौं,’ विद्यार्थी नेता सिम्खडाले भने, ‘प्रहरी आएर हामीलाई पक्रियो।’ हाल उनीहरू सबैलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ। पक्राउ परेका सबै नेविसंघका नेताहरू हुन्।

सोमबार नै प्रहरीले नेविसंघ एकसयभन्दा बढी नेताहरूलाई पक्राउ गरेको नेपाली कांग्रेसले जनाएको छ। उसले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न र सीमा समस्याको तत्काल समाधान खोज्न आग्रह गरेको छ।

प्रतिक्रिया