आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण, के छ अवस्था ?

प्रकाशित
1.4K
SHARES

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य (खेलाडी) रञ्जित श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा हाल संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा रहेका श्रेष्ठलाई स्वाब परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

रञ्जितले सामाजिक सञ्जाल फेसबूकमा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोनाको संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको उनको भनाइ छ । रञ्जितले सामाजिक सञ्जालमार्फत कोरोना भाइरससँग नआत्तिन पनि सबैसँग आग्रह गरेका छन् ।

उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप प्रतियोगिता खेल्दा नेपाली टोलीमा थिए । घरेलु फुटबल प्रतियोगतामा भने उनी फ्रेण्ड्स क्बलमा आबद्ध भएर खेल्ने गर्थे । यसैबीच कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान गएको छ । अघिल्लो दिन ४ हजार २४८ जनाको मृत्यु भएको थियो ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ६५ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ८५५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय ५० जनाको मात्र ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ४२२ जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ७८७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १६५, स्पेनमा १४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया