आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अलपत्र नेपालीलाई स्वदेश ल्याउन सरकारलाई बल्ल आयो यस्तो कडा निर्देशन

प्रकाशित
1.5K
SHARES

काठमाडाैं । भारतसँगको सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ। सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा सास्ती भोगेको भन्दै समितिले यथाशिघ्र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएको हो।

यस्तै, समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। त्यस्ता व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर स्वदेश ल्याउनुपर्ने उनीहरूको भनाइ छ।

अहिले धेरै नेपालीहरू भारतसँग जोडिएका सीमा क्षेत्रमा अलपत्र भएर बसेका छन्। सरकारले सीमा क्षेत्रमा रहेकाहरूलाई स्वदेश ल्याउन तत्काल कुनै निर्णय नगर्दा उनीहरूको लागि मुलुक प्रवेशको ढोका खुल्न सकेको छैन। यसैबीच कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ ।

लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।  कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।

बुद्धभूमिका दुईजना मध्ये एकजना वडा नंं. ७ मानपुरका र अर्का वडा नं. १० धनकौलीका हुन् । भारतबाट आएर यशोधरा गाउँपालिका तथा कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका क्वारेन्टाइनमा बसेका २९० जनाको स्वाब शनिबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकामा ९९ जनाको परीक्षण भएको भएको थियो ।

९९ जनामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । कपिलवस्तुमा यसअघि फेला परेका ५ जना संक्रमित पनि लकडाउनकै समयमा प्रहरीको आँखा छलेर लुकिछिपी जिल्ला प्रवेश गरेका थिए । जिल्लाका १० पालिकाले सन्चालन गरेका क्वारेन्टाइनमा एक हजार ३७९ जना बसेका छन् ।

भारतका विभिन्न शहरबाट आएर कपिलवस्तुका विभिन्न नाकामा अहिले पनि एक हजार बढीको संख्यामा नेपालीहरु बसिरहेका छन् । उनीहरुमध्ये कतिपय रातिको बेला सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया