आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टी बिभाजन दुखदायी कुरा हो, लुकाउन छिपाउनु छैन – सरदराज पाठक

प्रकाशित
1.1K
SHARES

काठमाडाैं । साझा पार्टीका सह-प्रवक्ता सरदराज पाठकले पार्टी बिभाजन दुखदायी बिषय भएको बताएका छन् । तर राष्ट्रिय अन्तराष्ट्रियरुपमा सबै राजनीतिक पार्टीहरु यो परिस्थितिबाट गुज्रिर जाने गरेकाे उनको भनाइ छ ।

‘नेपालमा होस् या अन्तराष्ट्रिय अभ्यासमा पनि कतिपय देशहरुमा यो देख्न सकिन्छ । पार्टी बिभाजन दुखदायी कुरा हो, यसमा तपाईलाई कुअनै पनि कुरा लुकाउनुपर्ने छुपाउनुपर्ने कुरा छैन ।’ उनले भने -‘ साझा पार्टी गठनको छोटो समयमा विवेकशिल नेपाली दल र साझा पार्टीबीच एकता भयो र विवेकशिल साझा पार्टी बन्यो । फेरी छोरो समयमा नै एकीकृत पार्टीको बिभाजन भयो दुखदायी कुरा हो ।

तर पार्टी बिभाजन भए पनि पदको भागबन्डा, पदलोभ, कार्यकर्ता पोस्ने र गुटउपगुट बनाउनेजस्ता चलखेल आफुहरुभित्र नभएको उनको भनाइ छ । ‘दुइटा पार्टीको एकीकरण भइसकेपछि पार्टी महाधिवेशन नहुँदासम्म एकीकरणका ति जटिलताहरु स्वभाविक थिए । ति जटिलताबाट हामी गुज्रिरहेका थियौं’ उनले भने -‘तर प्रयाप्त समय त्यो जटिलताहरुलाई सुल्झाउने सम्भव: दुबै तर्फबाट हुन सकेन होला । यसलाई खस्रो पात भने अहिले नै निर्मम टिप्पणी हुन्छ की ? हाम्रो प्रयास जारी छ त्यसलाई केहि समय हेर्नुपर्छ ।’

अहिले पनि साझा पार्टी पूर्ण लोकतान्त्रिक अभ्यासमा रहेको उनले एकाइ कमिटिको गठनदेखि पार्टीमा हुने मनोनयन र अन्य कृयाकलापमा पनि पार्टी विधानअनुसार प्रयाप्त छलफल भएको दावी गरे । साझा पार्टी विल्कुलै नयाँ रिकाले अगाडि बढिरहेको भन्दै उनले सत्तारुढ नेकपाभित्रको जस्तो गन्जागोल आफुहरुभित्र नरहेको पनि तर्क गरे ।

उनले फुटेर गएको विवेकशिल नेपाली दल र साझा पार्टी पुनः एक ठाउँमा आउनसक्ने भन्दै त्यसका लागि ढोका सधै खुला रहेको समेत बताए । विभाजनको घाउले दुवै पक्षलाई दुखाएको र मतदाताहरुको चाहनाअनुसार पनि मिल्दै नमिल्ने भन्ने कुनै सम्भावना नै छैन भन्न नसकिने बताए । हेर्नुहोस भिडियो

प्रतिक्रिया