आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा आगो लाग्यो, एक संक्रमितको मृत्यु

प्रकाशित
1.6K
SHARES

एजेन्सी । मस्कोमा कोरोना भाइरस संक्रमितहरुको उपचार गराइरहेको अस्पतालमा आगो लागेको छ । मस्कोस्थित कोरोना संक्रमितहरुको उपचार गराईरहेको अस्पतालमा शनिवार आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आगो लागेका कारण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । साथै २०० अन्य संक्रमितहरुलाई बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यमका अनुसार शहरको उत्तरी भूमागमा रहेको उक्त अस्पतालमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताइएको छ ।

आगो कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । कोरोना संक्रमितको उपचार भईरहेको वार्डबाट आगो सल्किएको बताइएको छ । त्यहाँका++ मेयर सर्गेई सोवियानिनले आफ्नो ट्पवीटमा एक संक्रमितको आगोमा परेर मृत्यु भएको बताएका छन् ।

अन्य संक्रमितहरुलाई अब अर्काे अस्पतालमा भर्ना गरिने उनले बताएका छन् । रुस सरकारको आपत्कालीन बैठकको रिपोर्टमा अस्पतालमा आगो एक संक्रमितको कोठाबाट लागेको बताइएको छ ।

रुसमा यो समाचार तयार पार्दासम्म १ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९ हजार ६८८ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ११ हजार १२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ८८ जनाको मृत्यु भईसकेको छ ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४८ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ४१ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ५८७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९४, स्पेनमा १७९ र फ्रान्समा ८० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया