आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनमा समेत भारतकाबिरुद्ध जनता सडकमा, बानेश्वरबाट आधा दर्जन पक्राउ

प्रकाशित
1K
SHARES

काठमाडौं, २८ वैशाख । देशमा लकडाउन चलिरहेका बेला भारतीय सरकारले नेपालको भूभाग मिचेर निर्माण गरेको सडक उद्घाटन गरेपछि नेपाली युवाहरु बिरोधमा उत्रिएका छन् । आइतबार काठमाडौँको संसद भवन आसपासमा युवाहरुले नाराबाजीसहित भारतीय हस्तक्षेपका बिरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रम केहि बेर पहरी र युवाहरुबीच रस्साकस्सि भएको थियो । त्यसक्रममा आधा दर्जन युवाहरु पक्राउ परेका छन् ।

युवाहरुले लिपुलेक क्षेत्रको नेपाली भूमी हुँदै चीनको तिब्बतमा रहेको मानसरोबरसम्म जोडिने सडक निर्माण गरी भारत सरकारले उद्घाटन गरिसक्दा समेत नेपालको सरकार मुखदर्शक भएको भन्दै लकडाउनमा समेत सकडमा आउनुपरेको बताएका छन् ।

कोरोना महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यतालाई तोड्दै सर्वसाधारण युवा सडकमा उत्रिएका हुन् । ‘कोरोना भाइरसबाट जोगिनुभन्दा देश जोगाउनु ठूलो कुरा हो, यसकारण हामी सडकमा उत्रिएका हौं’, एक युवा भन्छन्,‘यो नालायक सरकारको काम छैन, सरकारलाई सबै कुराको जानकारी हुँदा हुँदै भारतले यो उद्घाटन गरेको छ ।’

बिरोध प्रदर्शनमा उत्रिएका युवाहरुले सरकारप्रति ब्यापक आक्रोश पोखेका छन्। कुटनीतिक माध्यमबाट समस्या समाधानका निम्ति खासै चासो नदेखाएको र कडा रुपमा आपत्ति जनाउन नसक्ने सरकारका कारण मुलुकको राष्ट्रियता धरापमा परेको सर्वसाधारण बताउँछन् ।वैशाखमा परेको झरीको पनि पर्वाह नगरी एक टोली वानेश्वरको संसद भवन परिसरका विरोधमा उत्रिएको थियो, जसलाई प्रहरीले नियन्त्रणमा लियो ।

यता, लिपुलेकमा सडक बनाएकोबारेमा सरकार जानकार रहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताएका थियौं । अनौपचारिक कुराकानी नभएका पनि होइनन् ।’ यस्तै पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लिपू लेक सिमा बिबादमा छिन् पनि संलग्न रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया