आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अछामको एकै परिवारका ३ जनामा कोरोना पुष्टी, भारतमा उपचार हुँदै

प्रकाशित
1K
SHARES

नयाँदिल्ली । अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका ३ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

श्रीमान् ,श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको आफन्तले बताएका छन् । स्वास्थमा समस्या देखिएपछि परीक्षण गराउँदा तीनै जनामा संक्रमण देखिएपछि पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि भारतको मुम्बइमा बस्दै आएका चौरपाटी गाउँपालिका ५ लुग्राका एकै परिवारका ८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमित सबैजना उपचारपछि निको भइसकेका छन् ।
यस्तै भारतबाट नेपाल फर्केका प्राय सबैको कोरोना परिक्षण जारी छ ।

सुदुरपश्चिम प्रदेशले कंचनपुर, कैलाली, अछामलगायत सबै जिल्लामा कोरोना परिक्षणलाई तिब्रता दिएको छ । नेपालले सुदुरपश्चिम प्रदेशलाई कोरोनाको उच्च जोखिममा रहेको जिल्लाको सुचिमा राखेको छ ।

त्यस्तै नेपालको पुर्बी क्षेत्रमा कोरोना संक्रमण बढ्ने देखिएको छ । हालैका नतिजा अनुसार पनि उदयपुरलगायतका जिल्लाहरुमा कोरोना संक्रमणको संख्या बढेपछि पुर्बी नेपालमा कोरोनाको जोखिम बढ्दै गइरहेको देखिन्छ ।

प्रतिक्रिया