आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

छानविन गर्नुपर्ने देखियो गभर्नर अधिकारीको सम्पत्ति, भएको जति सबै पत्नीको नाममा

प्रकाशित
1.2K
SHARES

काठमाडौं, २८ वैशाख । नेपालमा प्राय भिआइपिहरुले आफुले कमाउने अकुत सम्पत्ति आफन्त तथा श्रीमतीको नामा राख्ने गरेको पाइएको छ । राज्य संचालनको उच्च तहमा पुगेको होस् वा अन्य निकायमा माथिल्लो ओहोदाको जिम्मेवारी सम्हालेका व्यक्ति होस् यिनीहरु प्रायले गर्ने नै यस्तो हो भन्ने आम धारणा बनिरहेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अधिकांश सम्पति पत्नी सरिता अधिकारीको नाममा रहेको खुलासा भएको छ ।

सार्बजनिक हैसियात बनाएका प्राय व्यक्तिहरुको सम्पत्तिमाथि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले छानविन गर्ने गरेका कारण पनि भिआइपिहरुले यसरी सम्पत्ति आफन्तको नाममा राख्ने गरेका छन् । गभर्नर अधिकारी आफैले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश स्थानका घर जग्गाहरू पत्नीको नाममा रहेको देखिएको छ । मोबाइल, टिभी, फ्रिज लगायतका विलासिताका सामान मात्रै गभर्नर अधिकारीले १४ लाखमा खरिद गरेको उल्लेख छ ।

घर, जमीन पनि पत्नी सरिताको नाममा रहेको छ । जमीन र सुन विवाह तथा बकसबाट आएको उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ को उपदफा ३२(४) अनुसार गभर्नर अधिकारीले सम्पति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको विवरणअनुसार गभर्नर अधिकारीको अधिकांश सम्पति उनकी श्रीमति सरिताको नाममा देखिएपछि ठूलो प्रश्न उठेको छ । सम्पत्ति विवरण सार्वजनिक गरेपनि गभर्नर अधिकारीले त्यसको स्रोत उचित रुपमा खुलाउन सकेका छैनन् ।

गभर्नर अधिकारीको सम्पत्ति धेरै देखिएपछि सम्पत्ति शुद्धीकरण आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । अधिकारी परिवारसँग २७ तोला सुन रहेको छ भने ९ लाख मूल्य बराबरको टोयोटा कार रहेको छ । त्यस बाहेक अन्य २ वटा मोटरसाइकल पनि छ । अधिकारीसँग बिभिन्न जिल्लाका १० ठाउामा जमीन रहेको छ ।
उनीसँग १८ हजार रुपियाँ नगद मौज्दात रहेको छ । उनले मध्यतमोर जलविद्युत आयोजनालाई सेयर इन एडभान्स वापत ५० लाख रुपियाँ ऋण दिएका छन् ।

आफ्ना हितौसी निर्मल र केशवलाई ९ लाख रुपियाँ ऋण दिएका छन् । २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर रहेको छ । उनीसँग नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा लगायतका बैंक तथा वित्तिय संस्थाहरूमा सेयर रहेको छ ।

प्रतिक्रिया