आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड ४ दिनदेखि बेपत्ता, सरकारले सर्वसाधारणलाई गर्यो यस्तो अपिल

प्रकाशित
1.3K
SHARES

काठमाडाैं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । यही मे ६ मा विहान दौडिन निस्किएका ५३ वर्षीय मोरिस बिहान साढे १० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रिचर्डलाई बेन्टली लगायतका क्षेत्रमा खोजी गरेको प्रहरीले नभेट्टाएपछि उनको खोजीका लागि सर्वसाधारणलाई पनि अपिल गरेको छ । सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत रहेका रिचर्ड सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत थिए ।

यसैबीच कोरोना भाइरसको महामारीले उद्योग, ब्यापार व्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् । कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने बेरोजगारहरुको संख्या नै ३२ लाखभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको भने अप्रिल महिनामा मात्रै १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा अहिले १४.७ प्रतिशत पुगेको छ ।

यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । उता उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको जनाइएको छ । प्रहरीले आमालाई गाड्ने छोरालाई नियन्त्रणमा लिएर उनीविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको छ ।

आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो । घटना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान भने खुलाएको छैन ।

चाइना डेलीका अनुसार ७९ वर्षीया ती महिला आंशिक रुपमा प्यारालाइसिसबाट पीडित छिन् । प्यारालाइसिस पीडित आमालाई सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेका कारण ती छोराले यस्तो अमानवीय कदम चालेको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

प्रतिक्रिया