आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलिदेखि काठमाडाैं उपत्यकामा सुरू हुँदैछ यस्ताे कडा नियम, बाहिर निस्कनुअघि सबैले अनिवार्य थाहा पाउनुपर्ने

प्रकाशित
9K
SHARES

काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।

अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उनकाअनुसार सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको छ ।

यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म र्फकनु पर्नेछ । ‘एक तिहाई मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो’ ढकालल भनेका छन् ।

त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।

यसैबीच विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेत मार्फत विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्थ सामान्य रहेको जानकारी दिएका हुन् ।

नेपालमा १ सय ९ जना कोरोना संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने ७५ जना विभिन्न अस्पतालमा आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका छन् । डा देवकोटाका अनुसार वीरगञ्जमा २७, वीराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा एकजना गरी ७८ संक्रमितहरु आइसोलेसनमा उपचारत छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर र आरडीटी बिधिबाट ७१ हजार भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ । पीसीआर विधिबाट १६ हजार ३ सय ९ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० वटा नमूना परीक्षण भएको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ वटा परीक्षण आरडीटी विधिबाट भएको छ ।

डा देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । यो तथ्यांकलाई हेर्दा प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भेटिएको छ भने । प्रदेश २ र प्रदेश ५ मा पनि संक्रमितको संख्या बढी छ ।

डा देवकोटाका अनुसार कोरोना संक्रमण पुष्टि भएका क्षेत्रहरुमा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्य समूहका टोलीले कोरोना संक्रमित क्षेत्रमा ५ हजार भन्दा बढीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अभियान शुरु गरेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार कोरोना संक्रमति देखिएको प्रदेश २ को रौतहट, बारा र पर्सा जिल्ला र प्रदेश ५ का संक्रमित भेटिएका जिल्लाहरुमा ५हजार ३ सय २० भन्दा बढी व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि टोली खटिएको हो ।

प्रतिक्रिया