आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्पलाई आइलाग्यो यस्तो संकट, मास्क लगाउदिन भन्दा भन्दै तनाव

प्रकाशित
3.9K
SHARES

काठमाडाैं । शुक्रबार प्रस्तुत गरिएको तथ्यांकले ‘ग्रेट डिप्रेसन’ यता अमेरिकाम ठूलो संख्यामा जागिर गुमेको देखाएको छ। याे राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि तनावकाे विषय बनेकाे छ । यी जागिरहरू एकमहिनाको अवधिमा गुमेका हुन्। योसँगै अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी प्रेस सचिव केटी मिलरलाई कोरोना भाइरसको संक्रमण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

एकदिन अगाडि मात्र ट्रम्पको एक व्यक्तिगत सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। यी घटनाले राष्ट्रपति भवनमा उच्च तहका कर्मचारीको सुरक्षामाथि प्रश्न उठाएको छ। ‘हामीले राष्ट्रपतिलाई जोगाउन प्रत्येक सावधानी अपनाएका छौ,’ ह्वाइट हाउसका प्रवक्ता कायलिग म्याकइनानीले पत्रकारसँग भनिन्।

यस्तै त्यहाँको श्रम विभागले गत महिना अमेरिकी बेरोजगारीदर बढेर १४.७ प्रतिशतले वृद्धि भएको बताएपछि त्यसले ह्वाइट हाउसको संक्रमण नियन्त्रणको चिन्ता बढाइदिएको छ। फरवरीमा भने बेरोजगारीदर वृद्धि ३.५ प्रतिशत थियो।

कोरोना नियन्त्रणका लागि अपनाइएको उपायले अमेरिकी अर्थव्यवस्था धरापमा परेको छ र अझै यसबारेमा खराब समाचारहरू आउनै बाँकी रहेको छ। ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटेले बेरोजगारी दर यो महिना अझै बढेर २० प्रतिशत पुग्नसक्ने सम्भावना व्यक्त गरेका छन्।

अप्रिलको तथ्यांकले नयाँ बेरोजगारीदरले दोस्रो विश्वयुद्धपछि सन् १९८२ नोभेम्बरमा तोडिएको कीर्तिमानलाई तोड्ने देखाएको छ। रोयटर्सको पछिल्लो तथ्यांक अनुसार ७७ हजार भन्दा बढी अमेरिकीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने १.२८ मिलियन बढीमा संक्रमण पुष्टि भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क नलगाउने बताउदै आएका बेला निकटका मान्छेहरुलाई कोरोना पुष्टि हुन थालेको छ । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ७५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले धेरैको ज्यान गएपछि ट्रम्पले हिन्दु पूजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्ति पाठ’गराए
यसैबीच कोरोना भाइरस संक्रमणका कारण अमेरिका नराम्रोसँग प्रभावित भइरहँदा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ । हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र चार वेद मध्ये यजुर्वेदमा उल्लेख गरिएको शान्ति पाठको ऋचा ब्राह्मणद्वारा पाठ गराइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् । न्यू जर्सीस्थित स्वामी नारयण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहका उनको सामान्य विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् । मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए ।

ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए । ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’

कोरोना भाइरसले कहाँ कति भयाे मानविय क्षति ?
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएको छ । कोरोना संक्रमणका कारण अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० मानिसको एक वर्षमा ज्यान जाने आशंका पनि डब्लूएचओले गरेको छ ।

अफ्रिका महादेशका विभिन्न देशमा ६० हजार ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अफ्रिका न्यूजले जनाएको छ । जसमध्ये २ हजार २ सय २१ जनाको ज्यान गएको छ भने २० हजार ८ सय जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अफ्रिकामा ५३ देश प्रभावित भएका छन् । अफ्रिकी महादेशको एक मात्र देश लेसोथो भने अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको छ । त्यहाँ कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको अफ्रिका न्यूजले जनाएको छ । अफ्रिकी महादेशमा सबैभन्दा बढी दक्षिण अफ्रिका प्रभावित भएको छ जहाँ ९ हजार ४ सय २० केस देखिएका छन् ।

लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५४१ जनाको मृत्यु भएको छ भने ९६ हजार ७४९ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको छ । त्यहाँ ३९ हजार ४८ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १९८ जनाको मृत्यु भएको छ भने १८ हजार १९८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६८८ जना संक्रमित भएका छन् । यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ३९९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २२ हजार ५२० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ४ हजार ९४१ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रतिक्रिया