आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक, सबैभन्दा बढी भारतमा

प्रकाशित
792
SHARES

काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध भएका आठ देशमा कोभिड-१९ बाट संक्रमितको संख्या करीब एक लाख पुगेको छ। कोभिड-१९ बारे सूचना आदान-प्रदान गर्नका लागि सार्क प्रकोप व्यवस्थापन केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट covid19-sdmc.org का अनुसार आज (शुक्रबार) दिउँसोसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७४१ जना संक्रमित भएका छन्।

यो क्षेत्रमा दुई हजार ७९६ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ८१६ जना संक्रमणमुक्ता भएका छन्। सबैभन्दा बढी संक्रमित र मृत्यु भारतमा भएको छ। भारतमा ५६ हजार ३४२ जना संक्रमित भएका छन्। शुक्रबारको तथ्याङ्कअनुसार कोरोना भाइरसको संक्रमणबाट १ हजार ८८६ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजा ५३९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ३७ हजार ९१६ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १८ हजार १२० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ९८० जना विरामी छन्।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

त्यस्तै भारतपछि सबैभन्दा बढी संक्रमित र मृत्यु पाकिस्तानमा भएको छ। २५ हजार ८३७ जना संक्रमित भएकोमा ५९४ जनाको मृत्यु भएको छ भने सात हजार ५३० जना कोरोनामुक्त भएका छन्। १२ हजार ४२५ जना संक्रमित भएर १९९ जनाको मृत्यु भइसकेको बंगलादेशमा अहिलेसम्म कोही पनि निको भएका छैनन्। अफगानिस्तानमा पनि मृतकको संख्या १०५ पुगेको छ। तीन हजार ५६३ जना संक्रमित भएकोमा ४६८ जना भने निको भएका छन्।

माल्दिभ्स र श्रीलङ्कामा क्रमश: ६४२ र ८२४ जना संक्रमित भएकोमा त्यहाँ क्रमश: तीन र ९ जनाको मृत्यु भएको छ। नेपालमा आज एक जना थपिएसँगै संक्रमितको संख्या १०२ पुगेको छ। भुटानमा भने पछिल्ला साताहरूमा संक्रमित देखिएका छैनन्। अहिलेसम्म सात जना संक्रमित भएका छन्।

 

प्रतिक्रिया