आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना परीक्षणका लागि प्रधानमन्त्रीसहित १० जनाको स्वाब संकलन

प्रकाशित
1K
SHARES

काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो । शुक्रवार मध्याह्न चिकित्सकको टोली बालुवाटार पुगेर प्रधानमन्त्रीको थ्रोड स्वाब संकल गरिएको मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालले जानकारी दिए ।

‘बालुवाटार गएर प्रधामन्त्रीसहित अन्य १० जनाको स्वाब संकलन गरिएको छ’, उनले भने । उनले अपराह्न ४बजेसम्ममा रिपोर्ट आउने जानकारी दिए । बिहीबार संघीय संसदका २१२ सांसदसहित कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण आएको छ। यता संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार संघीय संसद भवन परिसरमा ४४० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। यसअघि सचिवालयले ४४१ जनाको संकलन गरिएको बताएको थियो। तर एक जना फारम भरेपनि स्वाब संकलनमा सहभागि भएका थिएनन्।

जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ४५ जना राष्ट्रिय सभाका सांसद थिए। त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको संयोजक अशोक पौडेलले बिहीबार स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

शुक्रबार पनि ६३ सांसदको स्वाब संकलन गरिएको छ। जसमध्ये ५३ जना प्रतिनिधि सभा तर्फका हुन् भने १० जना राष्ट्रिय सभाका सांसद हुन्। सभामुख अग्नि सापकोटकाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार अहिलेसम्म मन्त्रीसहित २७५ जना सांसदको स्वाब संकलन गरिएको छ। ५४ जनाको संकलन बाँकी छ। आज थ्रोट स्वाब संकलन गरिएकाहरुको रिपोर्ट भोली मात्र आउने भएको छ।

आज स्वाब संकलन गरिएका सांसदहरुलाई बैठकमा सहभागि नगराउने तयारी सचिवालयको छ। ‘उहाँहरुको परीक्षण रिजल्ट आएपछि मात्र बैठकमा सहभागिताका लागि आग्रह गर्ने कुरा भएको छ’, सचिवालयका एक अधिकारीले भने। संसदमा खटिने कर्मचारी, मर्यादापालक र कर्मचारीहरूको पनि स्वाब संकलन गरिएको छ। सांसद र कर्मचारीहरु सबैको पिसिआर परीक्षण गरिएको हो।

‘आजै २५१ जनाको पिसिआरका लागि स्वाब निकालिएको छ। धेरैजसो कर्मचारी, सुरक्षाकर्मी र मर्यादापालक हुनुहुन्छ ‘, सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानले भने, ‘५४ सांसदको परीक्षण बाँकी छ।’

संसद सचिवालयले कोरोना परीक्षण गरेपछि मात्र सांसद र कर्मचारीलाई संसद भवनमा प्रवेश दिने तयारी गरिरहेको छ। संघीय संसद भवनबाट अहिलेसम्म ६९२ जनाको स्वाब संकलन गरिएको छ। बिहीबार ४४१ जना र शुक्रबार २५१ जनाको स्वाब संकलन गरिएको हो।

प्रतिक्रिया