आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएनन्

प्रकाशित
779
SHARES

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । हालसम्म ९९ जना जना संक्रमित रहेका छन् ।

डा देवकोटाका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी ९९ जना संक्रमित रहेका छन् । देभरका विभिन्न अस्पतालको आइसोलेसनमा ७७ जना संक्रमितको उपचार भइरहेको छ भने २२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार बुधबार सम्मा कुल पीसीआर विधिबाट १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको थियो । यो तथ्यांकलाई हेर्दा पछिल्लो २४ घण्टामा देशभर ४ सय ४ वटा नमूना मात्र परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट ५४ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हाल देभरका आइसोलेसनमा १ सय ३३ जना संक्रमित तथा कोरोना आशंका गरिएका बिरामीहरु रहेका छन् । यस्तै देशभरका क्वारेन्टाइमा १७ हजार ३ सय ७२ जना रहेका छन् ।

यसैबीच संघीय संसजको वर्षे (बजेट) अधिवेशन शुरु हुनुपूर्व संघीय संसदका सदस्य (सांसद) समेत गरी ४ सय ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण भए–नभएको यकिन गर्न संघीय संसदका सदस्य र कर्मचारीहरु गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।

जसअन्तर्गत १ सय ७७ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ को स्वाब संकलन गरिएको हो । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बिहीबार संकलन गरिएका स्वाबको परीक्षण गरी शुक्रबार नतिजा आउने छ । शुक्रबार शुरु हुने संसदको बजेट अधिवेशनमा सबै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै वैठक कक्षमा प्रवेश गर्न दिइने छ ।

प्रतिक्रिया