आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अनिल बिरही लगायतका नेताहरु गिरफ्तार परेपछि विप्लव आक्रोशित, ओली सरकारलाई दिए यस्तो कडा चेतावनी

प्रकाशित
0.9K
SHARES

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार सबै आफ्ना नेता कार्यकर्ता रिहा गर्न  चेतावनी दिएको छ । केन्द्रिय सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्ता गिरफ्तार परेपछि बुधबार एक बिज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले सरकारी दमनको कडा शब्दमा निन्दा गरेका छन् ।

महासचिव विप्लवले सरकारकाद्वारा बिनाकारण गिरफ्तार गरिएका सबै नेता कार्यकर्ताहरुको तत्काल रिहाइका लागि अपिल गरेका छन् । उनले कोरोना सङ्क्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको पनि बताएका छन् ।

महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ उनले केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन पनि गरेका छन् ।

हिजो मंगलबार मात्रै ओलीको सामाजिक दलाल पुँजीवादी सरकारले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको उनले बताएका छन् । त्यसैगरी इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गासहित थुप्रै नेता कार्यकर्ताहरूलाई बिनाकारण गिरफ्तार गरेको भन्दै उनले उक्त गिरफ्तारीको घोर भत्र्सना गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ, ‘यही २०७७ वैशाख २३ गते केपी वलीको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको छ । त्यसैगरी इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बिनाकारण गिरफ्तार गरेको छ । पार्टी उक्त गिरफ्तारीको घोर भत्र्सना गर्दछ र बिनासर्त मुक्त गर्न माग गर्दछ ।’

आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न ओली सरकारले आफ्नो पार्टीमाथि गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र अन्य राजनीतिक पार्टीको ध्यान पनि जानुपर्ने उनले बताएका छन् । साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई उनले निर्देशन दिएका छन् ।

महासचिवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको छ । आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ । साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन गर्दछ ।’

प्रतिक्रिया