आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हाइकमाण्ड बैठक चलिरहेका बेला जुरुक्क उठेर एकाएक सुत्ने कोठातिर लागे ओली, प्रचण्ड-नेपाल तिनछक

प्रकाशित
2.1K
SHARES

काठमाडाैं । नेकपा केन्द्रीय सचिवालय बैठकमा लफडा भएको छ । बैठकमा केपी ओली र प्रचण्ड पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेकाे बालुवाटार निकट श्रोतले जानकारी दिएको छ । भोलिलाई डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो ।

सरकारले जारी गरेर फिर्ता गरेको दुई अध्यादेश प्रकरणपछि नेकपाभित्र विवाद बढेको छ । अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, अर्का अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल पक्ष भने ओलीले अहिले नै राजीनामा दिनुपर्ने वा एक व्यक्ति एक पदको नीतिमा पार्टी जानुपर्ने पक्षमा छन् ।

यसकै बिषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले दावी गरेको छ । उनी बाहिरिए पनि बैठक भने जारी छ । बैठकले भोलि बिहीबारलाई बोलाइएको स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालयमा गर्ने पनि निर्णय गरेको छ ।

नेकपाको सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा उनीहरुबीच छलफल भएको हो ।

आजको बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमतिको दस्तावेज तयार पारेर ल्याउने भनिए पनि दुई अध्यक्षबीचमै कुरा नमिलेकाले प्रस्ताव लेखन नै अघि नबढेको स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीच सोमवार भएको छलफलमा मंसिर ४ गतेको निर्णयमा फर्किने र सरकार तथा पार्टी काममा एक–एकजना अध्यक्ष पूर्ण रुपमा संलग्न रहने सहमति भएको थियो । तर त्यसको मोडालिटीबारे सहमति नभएको र माधव नेपाल पक्षलाई समेत मिलाउनुपर्ने भन्दै प्रचण्ड दुवै पक्षसँग परामर्शमा छन् ।

यसैबीच अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार विहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन् ।

यसबीचमा बामदेव ओलीतिर लागेको बुझेपछि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो ।

गौतमले प्रचण्डलाई भेटेर आफू पार्टी बिभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री पछिल्लो सहमति र पार्टी निर्णय अनुसार नै चल्नुपर्ने धारणा बामदेवले राखेको निकट स्रोतले जनाएको छ ।

दुई अध्यक्ष मिलेर स्थायी कमिटीमा प्रस्ताव ल्याउनु राम्रो हुने गौतमको सुझाव रहेको छ । प्रधानमन्त्रीले पनि यसअघि झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुसँग परामर्श गरेका छन् ।

वैशाख २० गतेको सचिवालय बैठकको निर्णय अनसार अघि नबढे नेकपामा पुनः विवाद चर्किने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकको एजेण्डा र राजनीतिक प्रस्तावकै विषयले सचिवालय बैठक पुनः प्रभावित हुने सम्भावना छ।

प्रतिक्रिया