आज : गते

ताजा शिर्षकहरु

माफी माग्दै नेपालसंग बल्ल झुक्यो भारत, कोरोना महामारीका बेला नेपालसँग किन माग्नुपर्यो भारतले माफी ?

प्रकाशित
1.2K
SHARES
1197641946

झापा । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आ’क्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।

सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

‘भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए’, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भने, ‘हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरुले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।’

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए ।

सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट सांघातिक हमला र दुर्व्यवहारका घटना हुनुका साथै अवैध प्रवेश नरोकिएपछि गृहमन्त्री स्तरीय निर्णयबाट सेना परिचालन गर्न लागिएको हो ।

यसका लागि गृह मन्त्रालयले मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । तेस्रो तहमा सेनालाई तैनाथ गराउँदा जबर्जस्ती अवैध प्रवेश गर्नेका लागि मनोवैज्ञानिक त्राससमेत सिर्जना हुने गृहको बुझाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्म १ हजार ८ सय ८० किमि दूरीमा नेपालका २३ जिल्ला भारतसँग जोडिएका छन् ।

चैत ११ गते लकडाउन सुरु भएसँगै सीमा हँुदै आवतजावत नियन्त्रण गर्न भारततर्फ सशस्त्र प्रहरीका १ हजार २ सय १३ र नेपाल प्रहरीका ४ सय ७० स्थानमा चेकप्वाइन्ट खडा गरिएका छन् । यी स्थानमा करिब ३० हजार सुरक्षाकर्मी परिचालित छन् । तर खुला सिमानाका कारण भारतीयले नेपाल आउने क्रममा सुरक्षाकर्मीलाई दुव्र्यवहार र आक्रमण नै गर्न थालेपछि सेनाको सहयोग लिनुपरेको गृह मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा प्रमुख जिल्ला अधिकारीलाई स्थानीय शान्तिसुरक्षा, दंगा नियन्त्रण, निषेधाज्ञा, कफ्र्यु आदेश जारी गर्ने र यसका लागि अन्य सुरक्षा निकायले परिस्थिति नियन्त्रण गर्न नसकेको अवस्थामा ‘ब्याकफोर्स’ मा रहने गरी सेना खटाउन सक्ने अधिकार दिइएको छ ।

गृहमन्त्री रामबहादुर थापा मंगलबार बेलुका सीमा नाका सिल गर्न खटिएका प्रहरी र सशस्त्रको ब्याकफोर्सका रूपमा सेना तैनाथ गराउनेसम्बन्धी निर्णय गरी उच्चस्तरीय समन्वय समिति बैठकमा गएका थिए । समितिको बैठकमा थापाले सीमाबाट हुने अवैध घूसपैठ नियन्त्रण गर्न सेनालाई स्थानीय प्रशासन मातहत ब्याकफोर्सका रूपमा खटाउने निर्णय गरिएको सुनाएका थिए ।

भारतीय सीमाबाट मानिसको घूसपैठ रोक्न जनस्तरबाटै ‘नागरिक निगरानी समूह’ गठन गर्न पनि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहले जिल्ला सुरक्षा समितिको बैठक बसी सबै सुरक्षा निकायबीच सूचना आदानप्रदान, आपसमा सहयोग र सहजीकरणको वातावरण निर्माण गर्न निर्देशन दिएको छ ।

गृहले सीमा जोडिएका जिल्लास्थित प्रशासन र सशस्त्र प्रहरीलाई भारतीय समकक्षीसँग समन्वय गरी एकअर्का देशका सिमानाको क्वारेन्टाइनमा रहेका नागरिक यथास्थानमा रहने गरी समन्वय गर्न पनि निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भारतीय सीमा नाकाबाट हुने प्रवेश नियन्त्रण तथा नेपालतर्फ ५ किमि दूरीमा ‘एरिया डोमिनेसन’ का लागि सेनाको समेत सहयोग लिन सकिने गरी प्रबन्ध मिलाउन निर्देशन दिइएको बताए । यससम्बन्धी के–कसरी प्रभावकारी सुरक्षा व्यवस्थापन मिलाउने भन्ने जिम्मा प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको उनले जानकारी दिए । ‘यसलाई सेना परिचालनका रूपमा बुझ्न मिल्दैन,’ शर्माले भने, ‘शान्तिसुरक्षा व्यवस्थापन र लकडाउन तथा नाका सिल कार्यान्वयनमा सेनाको सहयोग लिइएको हो ।’

गृहमन्त्री थापाले सोमबार मात्रै भारतसँग सीमा जोडिएको नेपाली भूभागको सुरक्षामा हाल कायम रहेको १ सय २१ वटा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) लाई बढाएर ५ सय पुर्‍याउने उल्लेख गर्दै त्यसका लागि कार्ययोजना पेस गर्न सशस्त्र प्रहरी मुख्यालयलाई निर्देशन दिएका थिए ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो । भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ ।

भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५२० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया